August 17, 2017

प्रहरी र प्रदर्शनकारीबीच झडपहुदा पाँच जनाको मृत्यु

२ फाल्गुण, बगदाद (एजेन्सी) इराकको राजधानी बगदादमा शिया समुदाय र प्रहरीबीच भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।

बगदादमा शिया धर्मगुरु मुक्तदा अल सदका समर्थकले आयोजना गरेको र्यालीका क्रममा झडप हुँदा पांँच प्रदर्शनकारीको मृत्यु भएको । भ्रष्टाचार र चुनाव आयोग गठनमा भएको अनियमितताको विरोधमा आयोजना गरिएको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको होे । झडपका क्रममा दुई सयभन्दा बढी घाइते भएका छन् ।