August 16, 2017

प्रहरी महानिरीक्षमा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाण्डौ, २८ चैत्र । सोमबार अबेर सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको थियो । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख थिए । कमिटीले पछिल्लो ४ वर्षको कार्यसम्पादानको मुल्याङन गरेको थियो ।

उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्यालको नम्बर सबैको भन्दा बढी भएपछि प्रहरी प्रमुख बनाउनले निर्णय भएको हो ।

मन्त्रीपरिषद्ले तेस्रो नम्बरमा रहेका चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णये गरेपछि प्रहरी महानिरीक्षक पदका अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले वरीयतामा आफू अघि रहेको जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

धेरै लामो छलफलपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना न्यायाधीश सम्मिलित बृहतपूर्ण इजलासले चार डीआईजीमध्ये सिलवालको अंक बढी भएको बताएको थियो ।

तर जयबहादुर चन्दलाई आईजीपी नियुक्ती गर्ने सरकारको निर्ण पछि उत्पन्न विवाद र सर्वोच्चको अादेश पछि सरकारले गठन गरेकाे मुल्याङकन कमिटीले  दाबेदारहरुको कार्यसम्पादनको मूल्याङकन गर्दा अर्यालको नम्बर सबैको भन्दा बढी भएकाे रिपोर्ट दिएपछि अर्याल प्रहरी प्रमुख नियुक्त हुने बाटो खुलेकाे हो ।