October 22, 2017

प्रहरी महानिरीक्षक विवादको सुनुवाई गर्न ५ सदस्यीय पूर्ण इजलाश टोलीको गठन

प्रहरी महानिरीक्षक विवादको सुनुवाई गर्न ५ सदस्यीय पूर्ण इजलाश टोलीको गठन

काठमाण्डौ, ६ चैत्र । प्रहरी महानिरीक्षक नियुक्तिमा भएको विवाद माथि परेको रिटमाथि सुनुवाई गर्न आजबाट प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ सदस्यीय बृहत पूर्ण इजलाश टोलीको गठन भएको छ ।

इजलाशमा प्रधानन्यायाधीश कार्कीसहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

उक्त इजलाशमा तीनवटा मुद्दाको पेशी तोकिएको छ । जसमा अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट र पछि दायर गरेको अर्को छुट्टै निवेदन तथा डिआइजी नवराज सिलवालले दायर गरेको रिट पेशी सूचीमा परेका छन् ।