June 26, 2017

प्रहरी महानिरीक्षक नियुक्ति विवाद : आइतबार बहस हुन सकेन

 काठमाण्डौं, ८ पाल्गुन । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतमा आइतवार बहस हुन सकेन ।

डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस हुन नसकेको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो ।

प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन सकेन । अब आइतवार नै म्याद तामेली हुने र मंगलबार बहस हुने बताइएको छ ।

यसअघि सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।