June 27, 2017

प्रहरीसँगको झडमा राप्रपा नेत्री कोमल वलीसहित १९ घाईते, मोडल अस्पतालमा उपचारहुँदै

काठमाण्डौ, ७ चैत्र । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

आयोगले विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाइदिएपछि आन्दोलित बनेका राप्रपाका कार्यकर्ता र्यालीसहित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका थिए ।

प्रहरीले राप्रपा कार्यक्रतालाई जमलमै रोकेपछि दोहोरो झडप भएको थियो । झडमा राप्रपा नेत्री कोमल वलीसहित १९ नेता कार्यकर्ता घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनाको वीर अस्पताल र तीन जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

वीरअस्पतालमा उपचार गराइरहेकामा सांसद सइन्द्र वान्तवा, केन्द्रीय सदस्य पुजा शाह, सिर्जना बर्मालगायत छन् भने मोडल अस्पतालमा कोमल वली, सरस्वती अधिकारी र मिना जोशीको उपचार भइरहेको छ ।

यसैबीच पार्टी अध्यक्ष कमल थापा अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।