October 21, 2017

प्रहरीले भन्यो ‘पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको हो’

सप्तरी, २३ फाल्गुन । राजविराजका भएको झडपमा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईका अनुसार ‘मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झायौं तर, कार्यक्रम स्थलको ३ सय मिटर नजिक पुगेपछि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि गोली चलाउनु पर्ने अवस्था आएको हो ।’

मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

सवारी साधन जलाउने, प्रहरीमाथि पेट्रोल बम आक्रमण गर्ने गरेपछि सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको थियो ।

एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटकपटक झडप भएको थियो ।