July 24, 2017

प्रहरीमा व्यापक सरुवा बढुवा

काठमाण्डौ, १९ फाल्गुन । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रहरीमा व्यापक सरुवा तथा बढुवा भएको भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक र हवल्दारको सरुवा तथा बढुवा गरेको हो ।

प्रहरी प्रधान कार्यलयले गते १७ बुधबार दुई फरक–फरक सूचना जारी गर्दै ४६१ प्रहरी नायव निरीक्षक (सई)को सरुवा गरेको छ । एउटा सूचनामा २१८ र अर्कोमा २४३ को सरुवा गरेको छ ।

सोही दिन ९४ जनाको सहायक निरीक्षक (असई)मा बढुवा गरेर पदस्थापन गरिएको छ । साथै ४४ असईको पनि सोको (सिन अफ क्राइम अफिसर) तर्फ सरुवा भएको छ ।

२२८ को हवल्दारमा बढुवा गरी पदस्थापन गरिएको छ ।