प्रहरीको गोलीलागि सप्तरीमा मोर्चाका कार्यकर्ताको मृत्यु

काठमाण्डौ २३ फाल्गुन । सप्तरीको राजविराजमा गोली चल्दा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा प्रहरीले गोली लागेर सप्तरीको मलेठ गाविस वडा नम्बर २ का रञ्जन मेहत्तोको मृत्यु भएको छ ।

प्रदर्शनकारीले एमाले कार्यकर्ताका मोटरसाइकल तथा गाडीहरुमा आगजनी गरेका छन । राजविराजबाट कार्यक्रम सकेर फर्किनेक्रममा बाटोमा मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा अवरोध गर्नेक्रममा प्रहरी र प्रर्दशनकारीबीच दोहोरो झडप भएका छन । झडपमा प्रर्दशनकारी र प्रहरीहरु घाइते भएको बताइएको छ ।