August 18, 2017

प्रस्तावित निर्वाचन आयुक्तहरुको संसदीय सुनुवाइ हुदै

काठमाण्डौ, ३ फाल्गुन । निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ मंगलबारबाट सुरु हुदैछ ।
संसदीय सुनुवाइ विशेष समितिले मंगलबार दिउंसोबाट आयुक्तको सुनुवाइ प्रक्रिया अघि बढाउन वैठक बोलाएको छ ।
सोमबार आयुक्तमाथि परेको उजुरीमा छलफल गरेको समितिले मंगलबार सुनुवाई गर्न लागेको हो । समितिमा एक वटा मात्रै उजुरी परेको बताइएको छ ।

संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तका लागि सुधीरकुमार शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो ।