October 24, 2017

स्कूलबाट प्रश्नपत्र लगेर परीक्षार्थीले घरमै दिए परीक्षा

सिरहा, २५ चैत । परीक्षा चाहे जुनसकै होस् बिद्यालयमै दिनुपर्ने हुन्छ । तर सिरहाका एउटा यस्तो बिद्यालय जहाँ बिद्यार्थीले घरमै पुगेर परीक्षा दिएको रहस्य खुलेको हो ।

प्रसँगको हो– सिरहाको सोठिआइनस्थित मनेलाल जनता माविको । यहाँ जारी कक्षा ८ को आधारभुत शिक्षा परीक्षामा सहभागी बिद्यार्थीहरुले घरमै लगेर कापी तयार गरेको हो ।
सोठियाइन १ मा उक्त बिद्यालय छन । तर त्यहाँ अध्ययनरत कक्षा ८ का बिद्यार्थीहरुले घरमै लगेर परीक्षा दिएका छन । सोठियाइन ३ स्थित करिब बिद्यालयदेखि १ किलोमिटर टाढा रहेको एउटा पक्की घरमा खुलेयाम चिट चोरेर बिद्यार्थीहरुले परीक्षा दिइरहेको अबस्थामा बिहिबार भेटियो । उनीहरुले उत्तर प्रश्नपत्र तयार गरिएको चिटबाट सारेर परीक्षाको कापी भर्दै थिए ।
बिद्यार्थीले घरमै परीक्षा दिँदा त्यहाँका एक यूवकले तस्विर सार्वजनिक गरे । उनले हामीलाई उपलब्ध गराएको तस्विरमा घरमा दुई बिद्यार्थी प्रश्नपत्र चिटबाट सारेर कापी तयार गरिरहेको प्रष्टै देखिन्छ । बिद्यालयबाट कापी र प्रश्नपत्र लिएर कसरी भागेको प्रश्नमा ति बिद्यार्थीले प्रष्ट भनेका छन्– सर कोही थिएन्, अनि लिएर भागे । लेखेर फेरी पुर्याइदिन्छु ।
बिद्यार्थीले यसरी बिद्यार्थीबाट कापी र प्रश्नपत्र लिएर घरमै लगी चिट चोरेर परीक्षा दिइरहेको हेर्दा शिक्षकहरुको कमजोरी प्रष्ट हुन्छ । यो शिक्षकको चरम लापरबाही हो– एक अभिभावकले भने । उनले भने– शिक्षकको मिलोमतोमा मात्र यसरी घरमै पुगेर परीक्षा दिनु सम्भव भएको हो ।
यता, उक्त बिद्यालयमा मावि शिक्षक अमिर यादवले विद्यार्थीले घरमै कापी र प्रश्नपत्र लगेर परीक्षा दिएको गुनासो आएको स्वीकारे । उनले भने– यो हामी कहाँ आएको हो । बाहिरको मान्छेले हामीलाई भन्यो । तर आफै देखेनौं । घरमै परीक्षा दिइरहेको बेला समात्न सकेनौं ।