October 23, 2017

प्रधानम्नत्री र विभिन्न देशका बौद्ध लामाहरुबीच भेटवार्ता

काठमाण्डौ, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि बुद्ध धर्म र दर्शनको धेरै ठूलो महत्व रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बाबाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, सँस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने बताए । उनले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले विश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रबर्धन गर्न यसको धेरै ठूलो योगदान रहेको बताए ।

भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने बताए ।