प्रधानमन्त्री ले धोका दिए ‍: उपेन्द्र यादव

काठमाण्डौ,१ वैशाख । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले धोका दिएको बताएका छन ।

प्रधानमन्त्रीले सहमति एउटा गर्ने र संशोधन प्रस्ताव अर्को दर्ता गराउने काम गरेका छन । बुधबार मोर्चाको निर्णयअघि प्रधानमन्त्रीले मलाई फोन गरेका थिए।

प्रधानमन्त्रीले ‘मैले तपाईंहरूले भनेजस्तै संशोधनको बुँदा बनाएको थिएँ, तर मन्त्रिपरिषदमा यस विषयमा केही हेरफेर गर्नुपर्ने अवस्था आयो त्यसपछि प्रस्तावलाई शेरबहादुर देउवाले पनि हेरेर केही फेरबदल गर्नुपर्ने अवस्था आयो भने । लगत्तै मैले देउवालाई फोन गरेँ । तर, देउवा आफूलाई केही थाहा नभएको बताए ।

तीनपटकसम्म संशोधनमाथि परिमार्जन गरेर पछिल्लो प्रस्ताव बनेको थियो । त्यसमा पनि प्रधानमन्त्रीले धोका दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।