October 24, 2017

प्रधानमन्त्री र स्विजरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाण्डौ, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा नेपालका लागि स्विजरल्याण्डका राजदूत जर्ज जिओभान्नी फ्राईडेनसँग भएको भेटमा प्रधानमन्त्री दाहालले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताए ।

भेटमा स्विस राजदूतले नेपालको राजनीतिक स्थिरता, स्थानीय तह र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राखेका थिए ।

प्रधानमन्त्री दाहालले मधेशी दलहरुसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका थिए ।

दाहालले नेपालको शान्तिप्रकृयामा सहयोग गरेकोमा स्विजरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् ।

भेटमा राजदूत फ्राईडेनले नेपाल सरकारले विभिन्न समयमा स्विजरल्याण्डसँग गरेको सहयोग र समन्वयका लागि खुसी व्यक्त गरेका थिए ।