August 23, 2017

प्रधानमन्त्री प्रचण्ड १५ सदस्यीय टोली सहित आज चीन जाँदै

काठमाण्डौ, १० चेत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोआओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राती सवा ११ बजे १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, परराष्ट्र मन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकर बैरागी लगायतको सहभागी रहने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत उच्चस्तरीय भेटवार्ता गर्नेरहेको छ । भ्रमणको तयारी स्वरुप प्रधानमन्त्री दाहाल पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले बिहिबार पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री र विज्ञहरुसँग छलफल गर्ने रहेको छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।