प्रधानमन्त्री प्रचण्डद्वारा बोआओ सम्मेलनलाइ सम्बोधन

काठमाण्डौ, १२ चैत्र । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोआओ सम्मेलनलाइ सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाइ सम्बोधन गर्दै दुइ देशीय सम्बन्ध, आपसी चासो, नेपालको राजनीति तथा विश्व अर्थतन्त्र लगायतका विषयमा धारणा राखेका थिए । उनी आजै बेइजिङ प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालको महत्वपूर्ण भेटवार्ता सोमबार मात्रै हुनेछ ।सोमबार उनले राष्ट्रपति सि जिनपिङसग भेटवार्ता गर्ने छन् । यसअघि शनिबार उनले चीनका उपप्रधानमन्त्री झाङ गाओबीच भेटवार्ता गरेका थिए ।