August 21, 2017

प्रधानमन्त्री दाहाल छेन्दुमा राजनीतिक भेटवार्ता गर्दै

काठमाण्डौ, १५ चैत्र । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छेन्दुमा राजनीतिक भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति सी जिनपिङसँगको भेटपछि प्रधानमन्त्री दाहाल गए राति चीनको गेट वेका रुपमा रहेको छेन्दु पुगेका थिए । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण टोली आजै ल्हासा पुग्नेछ ।

ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग द्विपक्षीय हितका बिषयमा कुराकानी गर्नेछन् ।

पूर्वनिर्धारित समय अनुरुप ल्हासाबाट प्रधानमन्त्री दाहाल भोली स्वदेश फर्कने कार्यक्रम छ ।