October 19, 2017

प्रधानमन्त्री दाहालद्वारा निर्वाचनको प्रभावकारी व्यवस्था मिलाउन चारवटै सुरक्षा निकायलाइ निर्देशन

काठमाण्डौ ५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले चारवटै सुरक्षा निकायलाइ निर्वाचनका लागि प्रभावकारी व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

चारवटै सुरक्षा अंगका अङ्गका प्रमुखहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले निर्देशन दिएका हुन । प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुबाट देशको सुरक्षा अवस्थाबारे समेत जानकारी लिएका छन ।

प्रधानमन्त्री दाहालले निर्धारित मितिमै स्थानीय तह निर्वाचन सम्पन्न हुने भन्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा सुरक्षा प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउ“दै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको बताएका थिए ।