August 17, 2017

प्रधानमन्त्री चीनबाट फर्केपछिमात्र नयाँ प्रहरी प्रमुख नियुक्त हुने

काठमाण्डौ, १० चैत्र । सरकारले प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  ६ दिने चीन भ्रमणका लागि अाज त्यसतर्फ प्रस्थान गर्दैछन । सर्वोच्चको फैसलामा असहमति जनाउदै  कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो भनि अाजकाे अन्नपूर्ण पोष्टमा खबर प्रकाशित भएकाे छ ।