November 17, 2017

प्रधानमन्त्रीले साँझ देशबासीका नाममा सम्बोधान गर्ने

काठमाण्डौ, १७ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आह्वान गर्ने बताइएको उनले बताए ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।