October 18, 2017

प्रधानमन्त्रीले भने – ‘एनसेलसँग जसरी पनि कर उठाउछौँ’

काठमाण्डौ, २७ चैत्र । संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलसँग जसरी पनि कर उठाउने बताएका छन् ।

उनले एनसेल बेच्ने र किन्ने दुबै पक्षसँग सरकारले वार्ता गरिरहेको बताउदै भने ‘एनसेल कहिँ गएको छैन, हामी जसरी पनि कर उठाउँछौं, ।’

प्रधानमन्त्रीले भने ‘कर छुट दिने कुनै प्रस्ताव मन्त्रिपरिषदमा गएको छैन । मन्त्रिपरिषदमा छिटोभन्दा छिटो कर असुली गर्नुपर्छ भन्नेमा छलफल भएको छ, ।’ दाहालले भने, ‘इफ बट केही नभनी एनसेल बाट कर उठाउछौँ यसमा कुनै उदारता हुँदैन ।’

नेपालको कानुन अनुसार लाभकर विक्रेतासँग लिने भन्ने छ । तर विक्रेतसँग किन असुल गरिएन ? यसको पनि छानबिन गरेर यो विषयलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याइने उनले बताएका छन् ।