प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्वोधन, निर्वाचन र संविधान संशोधन संगसंगै लैजाने प्रतिवद्धता

काठमाण्डौ, १७ फाल्गुन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले  निर्वाचन र संविधान संशोधनलाई सँग सँगै लैजान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार संविधान सशोधन प्रस्ताव सफल बनाएर स्थानीय निर्वाचनको मिति घोषणा गर्न तयार हुदा हुदै पनि संविधानमा व्यवस्था भएको २०७४ माघ ७ गते सम्म तीनै तहको निर्वाचन गर्नु पर्ने बाध्यात्मक व्यवस्थाका कारण संशोधन र निर्वाचनलाई सँगसँगै लैजान बाध्य भएको बताए ।

सम्बोधन गर्दै प्रधानमन्त्रीले जनताको ढोकामा सरकार र जनताको ढोकामा विकासको सुनौलो अवसरको रुपमा लिएको बताए ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिस्चित भएकोले पनि स्थानीय निर्वाचन ऐतिहासिक हुने बताए ।

नेपालको राजनीतिक शुन्यतालाई चिर्न नयाँ संविधान जरुरि रहेको भन्दै सम्झौता गरेर भएपनि संविधान जारी गर्ने बताउदै सरकारले गरेका कामको बारेमा पनि जानकारी गराएका थिए ।

आफु प्रधानमन्त्रीको रुपमा परस्पर विरोधी पक्षहरुको बिचमा रहेको बताउदै सरकारबाट राष्ट्रिय गौरबका आयोजना एक एक गरी अगाडी बढाउने बताए । प्रधानमन्त्रीले फाष्ट ट्रयाकलाई अगाडी बढाउने जानकारी दिए ।

त्यस्तै हुलाकी मार्ग पनि द्रुत गतिमा अगाडी बढेको बताए  । बैदेशिक रोजगारीमा गएकाहरुका लागि राज्यबाट दिने सुविधाका विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

भूकम्प पिडितहरुलाई राहत दिने सम्बन्धमा प्राधिकरणका सीईओलाई नै परिवर्तन गरेर सरकार भूकम्प पिडितका विषयमा सम्बेदनशील रहेको र राहत तथा पुनर्निर्माणको काम अगाडी बढिरहेको बताए ।

अबको छ महिनामा मेलम्ची खानेपानी योजना संचालनमा आउने भन्दै प्रधानमन्त्रीले सरकारले गरेका कामका बारेमा जानकारी गराएका थिए ।