October 23, 2017

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाण्डौ ९ चैत्र । प्रधानमन्त्रीको भोलिबाट हुन लागेको चीन भ्रमणको एजेण्डा आज साँझ बस्र्ने मन्त्रिपरिषदको बैठकले तय गर्दै छ ।
साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिबाट हुन लागेको चीन भ्रमणको एजेण्डा तय गर्न लागेको हो ।

चिनिया प्रधानमन्त्री न्युजिल्याण्ड र अष्ट्रेलिया भ्रमणमा रहने भएकाले दाहालको भ्रमणका दौरान कुनै नयाँ सम्झौता भने नहुने बताइएको छ । प्रधानमन्त्रीले पुरानै सहमति र सम्झौताको कार्यान्वयनमा जोड दिने बताइएको छ । चिनिया राष्ट्रपति सि जिन पिङसंग १५ मिनेट भेटको समय भने तय गरिएको बुझिएको छ ।