October 20, 2017

प्रधानन्यायाधिस सुशीला कार्की अाज देखि नियमित काममा

काठमाण्डौ २४ बैशाख ।  प्रधानन्यायाधीश सुशीला कार्कीले आजदेखि सर्वोच्च अदालतमा उपस्थित भई नेतृत्व सम्हालेकी छिन ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले १७ वैशाखमा कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश कार्की अदालतमा अनुउपस्थित थिइन  । प्रधान्यायाधीश कार्कीले आज मुद्दाको पेशी तोक्नेलगायतका काम थालेको सर्वोच्चका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले २२ वैशाखमा प्रधान्यायाधीश विरुद्धको महाअभियोग अघि नबढाउन र प्रधानन्यायाधीशलाई अदालतमा फर्किन र फर्काउन अन्तरिम आदेश दिएको थियो ।