प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त, भाेली सपथ

काठमाण्डौ,२ फाल्गुन । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्।

बुधबार एक समारोहका बीच दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले राउतलाई नियुक्तको पत्र दिएका हुन् । राउतले मंगलबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए । राउत प्रदेश २ मा संघीय समाजवादी फोरमका संसदीय दलका नेता हुन् ।

उनि राष्ट्रिय जनता पार्टीकाे  समर्थनमा मुख्यमन्त्री भएका हुन् ।  प्रदेश २ मा फोरमकाे २९ सिट रहेका छ भने राजपाकाे २५ सिट रहेकाे छ । यो प्रदेशमा कुल १ सय ७ सदस्यीय संसद छ । उनको सपथ बिहीबार हुनेछ ।

प्रदेश २ को सभामुखमा भने राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।