Breaking News

प्रदेश नम्बर ७ का मूख्यमन्त्रीद्वारा बाढी पीडित दलित बस्तीको अवलोकन

कैलाली, ११ चैत्र । प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले कंचनपुर जिल्लाको बेदकोट नगरपालिका ४ बैतडाका बाढी पीडित दलित बस्तीको अवलोकन गरेका छन ।

लामो समयदेखी बाढीको चपेटामा पर्दै आएका बैतडास्थित सार्की टोलमा पुगेर मुख्यमन्त्री भट्टले बाढी पिडित दलितहरुसंग क्षतिको अवस्था बारे जानकारी लिएका छन ।

०६६ सालमा आएको बाढीले बैतडाको छाला प्रशोधन उद्योगसहित सिंगो दलित बस्ती बगाएको थियो । परम्परागत पेशाको रुपमा सावरको छाला प्रसोधन उद्योग संचालन गर्दै आएका सार्की समुदायहरु मानिसहरु बाढीले छाला प्रसोधन उद्योग बगाएपछि पेसागत संकटमा परेका थिए ।

रोजगारीको अर्को बिकल्प नहुदा उनिहरुलाई अहिले हातमुख जोर्न समेत अप्ठेरो परेको मूख्यमन्त्री भट्टलाई दलित अगुवाहरुले जानकारी गराएका छन ।

बस्ती नजिकैकाे खोलाले बर्खा याममा बस्ती बगाउने खतरा रहेकाे स्थानियको गुनासो छ । सार्की समुदायहरुसंगको छलफलपछि मूख्यमन्त्री भट्टले नदी कटान नियन्त्रण र सार्की समुदायले अपनाउदै आएको पेसाको संरक्षणका लागि प्रदेश सरकारको नियमित बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

shares