October 22, 2017

प्रदेश नम्बर ४ मा स्थानिय निर्वाचनमा नेकालाई सहयोग गर्न जुट्यो नेविसँघ

पोखरा, २७ चैत्र । प्रदेश नम्बर ४ भित्र स्ववियु निर्वाचन भएका ३२ क्याम्पस मध्ये २४ क्याम्पसमा विजय हासिल गरेको नेविसंघको ध्यान स्थानीय तहको निर्वाचन तर्फ केन्द्रित भएको छ ।
आईतबार पोखरामा प्रदेश नम्बर ४ का संयोजक डिल्लीराम सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचन विशेष कार्यक्रम तथा रणनीति तय गरेको छ ।

कार्यक्रमले चैत्र ३० गते पोखरामा हुन लागेको कांग्रेस आमसभामा प्रत्येक क्याम्पसबाट विद्यार्थीको सहभागिता गराउन कार्य विभाजन गरेको छ । बैशाख ६ गते नेवि संघको ४८ औं स्थापना दिवसमा निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष अभियान सञ्चालन गर्ने २५ सदस्यीय समिति गठन गर्ने भएको छ ।

बैशाख ६ देखि सुरु हुने प्रशिक्षणमा स्थानीय सरकारको महत्व, कांग्रेसका एजेण्डा मतदाता शिक्षा र निर्वाचन रणनीतिबारे सुसूचित गरिने र बैशाख ११ को लोकतन्त्र दिवसका अवसरमा विविध रचनात्मक अभियान गर्ने भएको छ ।