September 26, 2017

प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने सहमति

काठमाडाैं, १ असार । राष्ट्रिय जनता पार्टी र सत्तागठबन्धन दलहरुबीच प्रदेश नम्बर २ काे चुनावकाे मिति सार्ने सहमति भएकाे छ ।

दुई पक्षबीच प्रदेश नम्बर २ काे चुनाव असाेज २ गते गर्ने सहमति भएकाे हो ।  प्रदेश १, ५ र ७ मा भने तोकिएकै मिति असार १४ मै चुनाव हुने छ ।निर्वाचन अायोगसंग परामर्श गरेर नै  प्रदेश नम्बर २ काे चुनावको मिति सारिएकाे बताइएकाे छ ।