प्रदेश नम्बर २ को चुनावमा अाचार संहिताकाे व्यापक उलंघन : मानव अधिकारकर्मी

जागेश्वर यादव/ सिरहा,३० भदौ ।  मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनकाक्रममा निर्वाचन अाचार संहिताकाे व्यापक उलंघन भएकाे बताएका छन ।

लहानमा अायोजित ‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ शिर्शककाे अन्तरक्रिया कार्यक्रममा अभियानका सहध्यक्ष समेत रहेका सुवोधराज प्याकुरेलले  प्रदेश नं २ को तराईका ८ जिल्ला मध्ये विरगंज,जनकपुर,सप्तरी र सिरहामा व्यापक रुपमा आचासंहिता उलंघन भएको बताए ।

उनले तराईमा मतदाता शिक्षा मतदाताहरुमा पुग्न नसकेको भन्दै बदर मतको प्रतिशत बढने संभावना रहेको बताउदै नेपालकै कम साक्षरता रहेको प्रदेश नं २ मा निर्वाचन आयोगले मतदाता संग गरेको खेलवाडको जिम्मेवारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुले लिनु पर्ने बताए ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक समाजका सहसंयोजक इन्द्र अर्यालले मतदातालाई आचारसंहिता विपरित मतदातालाई प्रभावमा पार्नका लागि राजनैतिक दलहरुले विभिन्न किसिमका प्रलोभन देखाइरहेको र भोजभतेर गाउँगाउँमा गरिहेको अनुगमनका क्रममा देखिएको बताए ।

उनले जनताको मतदान गर्ने अधिकार जनतासंगै रहेको भन्दै कसैले दवाव र प्रभावमा पार्नु आचारसंहिता विपरित रहेको बताए ।
स्थानीय तहको निर्वाचन हुन चार दिन बाकी रहेको हुदा निर्वाचन अनुगमनको जिम्मेवारी पाएका संस्थाहरुलाई पपर्यवेक्षक पासको वारेमा निर्वाचन अधिकृतलाई सोध्दा आफुलाई पास सम्बन्धी कुनै जानकारी नरहेको भन्दै नियोगका जिल्ला संयोजक साहलाई फर्काएर पठाएका गुनासो गरे ।

मानवअधिकार निगरानी समुहका जिल्ला संयोजक भैरव प्रसाद गेलालले जिल्ला निर्वाचन कार्यालय सिरहाले संचालन गरेको निर्वाचन शिक्षा कार्यकर्ताहरुले पार्टी चुनाव चिन्हमा मतदान गर्नका लागि सिकाउने गरेको बताए । निर्वाचन शिक्षा कार्यक्रम सिरहामा प्रभावकारी नभएको सहभागीहरुकाे दावी थियो ।