प्रदेश नम्बर २ को चुनावमा मानव अधिकारकाे उल्लंघन : सुदिप पाठक

अतिश कुमार मिश्र / जनकपुरधाम, ३० भदौ  । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मानवअधिकारको व्यापक उल्लंघन भएको पाइएको बताएका छन ।

आयोगले आज जनकपुरमा पत्रकार सम्मेलनको आयोजनागरि निर्वाचन प्रचार प्रसारको क्रममा दलहरुले एक अर्काप्रति दोषारोपण नगरे पनि बालबालिकाको प्रयोग र ध्वनीप्रदुषण गरेर मानव अधिकार उल्लंघन गरेको बताएका छन ।

सप्तरी सिरहा र महोत्तरीको भ्रमण गर्दे जनकपुर आइपुगेका सदस्य पाठकले भारतीय नम्बर प्लेटको गाडीको समेत सरकार र उम्मेदवारहरुले दुरुपयोग गरेको बताएका छन ।

उनले भारतीय नम्बर गाडी प्रयोग गर्न नहुने आफनो भनाई नरहेको प्रष्टपार्दै भारतीय गाडीको प्रयोग गर्दा राजस्व तिरिसबै प्रक्रिया पुगेको हुनुपर्ने बताएका छन । धनुषा जिल्लामा उम्मेदवारहरुले मात्र नभई सुरक्षाकर्मीले समेत भारतीय गाडीको प्रयोग गरि रहेका छन ।