June 28, 2017

प्रदुषणकै कारण प्रतिवर्ष १७ लाख बालबालिका मर्छन्ः डब्ल्युएचओ

काठमाण्डौ, २५ फाल्गुन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले प्रतिवर्ष १७ लाख बालबालिकाको मृत्यु हुने तथ्याङ्क सार्वजनिक गरेको छ ।

यो संख्या ५ वर्षभन्दा मुनिका बालबालिकाको हो । जुन यो उमेरका बालबालिकाको कुल मृत्युको एक चौथाई हो ।

बालबालिकाको मृत्यु हुनुमा प्रदुषित पानी, अस्वच्छता र खराब हावापानीले मुख्य भूमिका खेल्ने डब्ल्युएचओले जनाएको छ । रोयटर्स