October 22, 2017

प्रथम श्रेणी क्रिकेट म्याचमा बाबु छोराको अर्धशतक

काठमाण्डौ, ३० फाल्गुन । वेस्टइन्डिजकाे क्लब गोयाना र जमैकाबीच भएको प्रथम श्रेणी क्रिकेट म्याचमा बाबु छोराले अर्धशतक बनाएका छन् ।

वेस्टइन्डिजका पूर्वकप्तान शिवनारायण चन्द्रपाल र उनका छोरा टैगनारायण चन्द्रपालले यो उपलब्धि हासिल गरेका हुन् ।

४२ वर्षीय शिवनारायणले ५ नम्बरमा ब्याटिङ गर्दै ५७ रन बनाए । त्यस्तै उनका २० वर्षीय छोरा टैगनारायणले ओपनिङ गर्दै ५८ रन बनाए ।