प्रत्येक दिन किस गर्नुस्, फिट रहनुस्

काठमाण्डौ, २० चैत्र । के तपाईलाई थाहा छ किस केवल आनन्दको लागि मात्र होइन फिट रहन पनि किस गर्न अति जरुरी छ ।

हो, किस गर्नुका धेरै फाईदाहरु छन् । तर यसमा संयममता अपनाउनु पर्ने हुन्छ । यसका सीमा र मर्यादालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । आउनुहोस् जानौं, किसका केही फाईदाहरु–

तपाई यो कुराबाट अनभिज्ञ हुन सक्नुहुन्छ कि किस गर्नाले तनावबाट मुक्ति पाइन्छ । यो एक प्रकारको मेडिटेसन हो । यसले हाम्रो नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा प्रवाह गरिदिन्छ ।

किस गर्नाले हाम्रो अनुहारको कसरत हुने गर्दछ जसले गर्दा हामीलाई फिट राख्न मद्दत गर्दछ । यसले हाम्रो प्रतिरोधात्मक क्षमतामा वृद्धि गरिदिन्छ । जसले हामीलाई बिरामी हुनबाट बचाउँछ । यो एउटा भ्याक्सिनजस्तै हो, यसले तपाईलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

यदि तपाईलाई फ्रेन्च किस गर्न आउँछ भने तपाईको मुखको ब्याक्टेरिया दूर हुन्छ । यसले तपाईको दाँतलाई बिरामी हुनबाट बचाउन सक्छ । किसले तपाई एलर्जीलाई बिदाई गर्न सक्नुहुन्छ ।

एक जापानिज अध्ययन अनुसार, के खुलासा भएको छ भने, लगातार ३० मिनेटसम्म किस गर्नाले शरीरमा सिजनल एलर्जी बढाउने ब्याक्टेरिया कम हुन्छ ।

एक अध्ययन अनुसार, जो जोडी प्रत्येक दिन ५ मिनेट बिहान गुडबाई किस गर्छन्, उनीहरु सामान्य मानिसभन्दा ५ वर्ष बढि बाँच्छन् । हो प्रत्येक दिन किस गर्नाले पेटसम्बन्धी बिरामीबाट पनि मुक्ति पाइन्छ साथै तपाईको तौलमा पनि नियन्त्रण राख्न सक्नुहुन्छ ।   एजेन्सीकाे सहयाेगमा