October 23, 2017

प्रतिबन्धित भारु नोट सटही छलफल निष्कर्षविहिन

काठमाण्डौ,१४ चैत्र । प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट सटहीका लागि नेपाल तथा भारतका सरकार प्रतिनिधिबिच भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।

राजधानीमा आइतवार बिहान भएको छलफलमा भारतीय अधिकारिहरुले नेपालीसँग भएको ४ हजार ५ सय भारुसम्म मात्र साटिदिने प्रस्ताव राखेपछि छलफल विनानिष्कर्ष सकिएको हो ।

छलफलमा नेपाल पक्षले वैधानिक रुपमा भारु राख्ने सुविधा दिएकाले भारत सरकारले नेपालका२५ हजार रुपैंयाबराबरका प्रतिबन्धित ५ सय र हजार दरका नोट साटिदिन भारतीय पक्षसँग आग्रह गरेको थियो । नेपालले कानुनीरुपमा राख्न पाउने २५ हजार भारु नसाट्ने प्रस्ट्याय पछि कुरा नमिलेको हो ।

भारतीय पक्षले भने सटहीको काम धेरै लम्ब्याउन नहुने भन्दै १ साताभित्र सकिसक्नुपर्ने बताएको छ । तर नेपाली पक्षले भने अहिलेसम्म भारुको लगत नलिएकाले १ हप्ताको समयसिमामा काम नसकिने भन्दै थप केहि समय लाग्ने बताएको हो । यो खबर आजको अभियान दैनिकमा छ ।