August 18, 2017

प्रण्डले मागे प्रतिपक्षी दलसँग सहयोग

२७ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनको मिति तोक्नका लागि संविधान संशोधनमा सहयोग गर्न प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेका छन् ।
बिहीबार स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनबारे छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने पाँच दललाई सुझावका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले मिति तोक्न प्रतिपक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।
तर, प्रतिपक्ष दलले भने निर्वाचनको मिति तोक्न संविधानले नरोक्ने भन्दै प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ । प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रक्रिया र निर्वाचनको मिति एक–अर्कासँग परिपुरक रहेकाले मिति तोक्न सहयोगका लागि प्रतिपक्षसँग आग्रह गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको र निर्वाचनको मिति फरक बिषय भएकाले मिति तोक्न संशोधनले नरोक्ने जवाफ दिएका छन् । उनले परामर्श नगरी कार्यदल गठन गरेकाले छलफलको ओचित्य नभएको बताए ।