October 24, 2017

प्रजातन्त्र दिवस तीन दिनसम्म मनाईने

२५ माघ, काठमाण्डौ । ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपले मनाउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

फागुन ६, ७ र ८ गते मनाइने प्रजातन्त्र दिवसका लागि बिभिन्न कार्यक्रमको आयोजना गरिएको गृह मन्त्रालयले जनाएकाे छ । प्रजातन्त्र दिवसको पहिलो दिन उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले राष्ट्रिय झन्डा तथा ब्यानर सजाइ सरसफाइ गर्ने । त्यस्तै दिवस भव्यताका साथ मनाउन सार्वजनिक अपिल गर्ने र रेडियो नेपालबाट परिसम्वाद कार्यक्रम गरिने भएको छ ।

दोस्रो दिन सूर्योदय हुनासाथ नेपाली सेनाले बिगुल बजाउने, तोप र बन्दुकको बढाईं गर्ने, प्रधानमन्त्री दाहालले सन्देश दिने, सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ, भने तेस्रो दिन सञ्चारमाध्यमबाट परिसंवाद कार्यक्रम गर्ने र चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।