October 17, 2017

प्रचण्ड सरकार भारतको कठपुतली : गजुरेल

भक्तपुर, २७ फाल्गुन । नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकारलाई भारतको कठपुतली भएको आरोप लगाएका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको आरोप लगाए ।

भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिक्किमिकरण तर्फ जाने भन्दै उनले नेपाल र नेपालीप्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्ने बताए ।

सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलको तर्क थियो ।

सरकार चरम भष्ट्राचारी र कमिसनखोर भएको अरोप लगाउदै गजुरेलले एनसेललाई कर छुट दिनुले पनि सरकार कति कमिसनखोर छ भन्ने स्पष्ट भएको बताए ।

कञ्चनपुरमा भारतीय प्रहरीले गोली हानी नेपाली नागरिकको हत्या  गर्नु गम्भिर विषय भएको बताउदै उनले भारतीय हस्तक्षेपको विरोध गरे ।