October 19, 2017

प्रचण्ड सरकार भष्ट्राचारमा लिप्त : डा. बाबुराम भट्टराई

रमेश कुमार पाण्डे /सुर्खेत २६ चैत्र । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार अहिलेसम्मकै सबैभन्दा बढी भष्ट्राचारी भएको आरोप लगाएका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा आसेपासेको नाममा स्मृति निमार्ण गर्न करोडौ लगानी गरी प्रचण्डले नेपालमा भष्ट्राचारको नयाँ किर्तीमान राखेको भट्टराइले आरोप लगाए ।

उनले स्थानिय निर्वाचनको नाममा सरकारी कोषको दोहन गरी धन आर्जनमा प्रचण्ड सरकार लागेको बताए ।

नयाँ दलहरुलाई चुनाव चिन्ह नदिने सरकाको निर्णय अलोकतान्त्रिक भएको टिप्पणी गर्दे डा. भट्टराईले चुनाव चिन्ह नदिने सरकारी नीति तत्काल परिमार्जन गर्नु पर्ने बताए