October 20, 2017

प्रचण्डले भने ‘अब संशोधन विद्येयक पारित हुदैन’

काठमाण्डौ, १९ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित नहुने बताएका छन् ।

नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत नपुग्ने बताए । उनले बुधबार सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेको र राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेको बताए ।

यस्तो अवस्थामा संशोधन प्रस्ताव पारित हुने भन्दा पनि फेल हुने र त्यसले समस्या झन बल्झाउने प्रधानमन्त्रीको भनाइ छ ।

सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले आदिबासी जनजाति प्रतिष्ठान खारेज नहुनेमा विश्वास व्यक्त गरे ।