Breaking News

प्रख्यात हिन्दु धर्म गुरु अाचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार

विराटनगर २५ चैत्र । प्रख्यात हिन्दु धर्म गुरु अाचार्य श्रीनिवासमाथि विराटनगरकाे जतुवामा आइतबार बिहान गोली प्रहार भएकाे छ ।  गोली लागेर आचार्य श्रीनिवास गम्भीर घाइते भएका छन्। उनलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा गोली उनकाे छातीमा लागेकाे छ ।

अाजदेखि विराटनगरकाे जतुवामा हुने श्रीमद् भागवत सप्ताहमा सहभागि हुन आचार्य श्रीनिवासमाथि विराटगरमा थिए। घटनास्थलबाट प्रहरीलेमंगोल नेशनल अर्गनाइजेशनकाे नामा पर्चा भेटिएको बताएकाे छ।

shares