प्युठानको झिमरुक गाउँपालिकाकाे अध्यक्ष उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी

प्युठान १७ असार । प्यू्ठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा अध्यक्ष उपाध्यक्षसहित विजयी भएकाे छ।

गाउँपालिका अध्यक्षमा जनमोर्चाका तिलकबहादु जिसीले ३७ सय १३ मत प्राप्त गरी विजयी भएका हुन । उनका  प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार पिबहादुर महतराले २७ सय८१ मत प्राप्त गरेका छन् । त्यस्तै  उपाध्यक्षमा जनमोर्चाकै  पवित्रा जिसीले ३७ सय ९० मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राधा जिसीले २५ सय २६ मत प्राप्त गरेकी छन् । झिमरुक गाउँपालिकाका १ वडामा एमाले, २, ७ वडामा काग्रेस,  ३, ४,५, ६ वडामा जनमोर्चा र वडा ८ मा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत विरेन्द्र देव भारतीले जानकारी दिए ।