June 27, 2017

प्याब्सनको महाधिवेशन काठमाडौंमा सुरु

काठमाण्डौ, ९ फाल्गुन । निजी तथा आवासीय विद्यालयहरुको छाता सँगठन प्याब्सनकोे १३औँ राष्ट्रिय महाधिवेशन सोमबारबाट काठमाण्डौमा सुरु भएको छ ।
‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता ः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिबद्धता’ भन्ने नारासहित सुरु महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रहेको छ ।
प्याब्सनको भावी अध्यक्षका लागि टीकाराम पुरी र विजय सम्वाहाम्फे प्रतिस्पधर्नामा रहेका छने । पुरीलाई नेकपा (एमाले)को समर्थन देखिएको छ, भने सम्वाहाम्फे नेकपा (माओवादी केन्द्र) निकट मानिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा क्रमशः डिके ढुङ्गाना र सुमनगोपाल आचार्य तथा महासचिवमा गोपाल आचार्य र राजेन्द्र बानियाँ प्रतिस्पर्धामा छन् ।
नेपालमा २०२८ सालमा नयाँ शिक्षा ऐन आएपछि सामुदायिक विद्यालयको पूरकका रुपमा २०३६ मा निजी विद्यालय खुल्न थालेका हुन् । २०४७ पुस २४ गते रत्नबहादुर बज्राचार्यको नेतृत्वमा प्याब्सनको स्थापना भएको थियो ।
७२ जिल्लामा शाखा रहेको प्याब्सका छ हजार दुई सय शिक्षण संस्था सदस्य छन् । महाधिवेशनमा देश भरका करिब दुई हजार प्रतिनिधि सहभागि रहेका छन् ।