August 23, 2017

प्याब्सनको अध्यक्षमा सम्बाहाम्फे

काठमाण्डौ, ११ फाल्गुन । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् ।

महाधिवेशनमा सम्बाहाम्फे प्रत्याशी टिकराम पुरीलाई हराउँदै प्यानलसहित विजयी भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा डिके ढुंगाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ तथा महासचिवमा राजेन्द्र बानियाँ विजयी भएका छन् ।

पुरीको प्यानलबाट उमेद्वारी दर्ता गराएका ईश्वर गुरुङ पनि उपाध्यक्षमा निवार्चित भएका छन् ।

महाधिवेशनले ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।