October 23, 2017

पोर्चुगलमा सुपरमार्केट नजिक विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाण्डौ, ४ वैशाख । पोर्चुगलमा सुपरमार्केट नजिकै विमान दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको पोर्चुगलका स्थानीय मिडियाहरुले बताएका छन् ।

सोमबार मध्य आकाशमा विस्फोट भएर उक्त विमान कार पार्किङ गर्ने ठाउँमा खसेर ध्वस्त भएको अधिकारीहरुले बताएका छन् । अरु तीनजना विस्फोटपछि निस्किएको धुँवाको मुस्लोको असरमा परेकाहरुलाई अस्पताल लगिएको छ ।

घटना लगत्तै ५० जना अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको बताइएको छ ।