पोखरामा हुने तेस्रो ‘जंगल फेस्टिभल’को तयारी पुरा

 

 

पोखरा ९ फाल्गुन । आगामी फाल्गुन १२ देखि पोखराको शान्ति वनवाटिकामा सुरु हुने तेस्रो जंगल फेस्टिभलको तयारी पुरा भएको छ । आयोजक परिचय नेपालले सोमवार पोखरामा पत्रकार सम्मेलन गरी आगामी विहिवार देखि सुरु हुने जानकारी दिएको हो ।

फाल्गुन २१ गतेसम्म संचालन हुने फेस्टिभलमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाइनुको साथै रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन शो, नाटक मञ्चनसँगै गजल र मुक्तकको मेहफिल समेत रहेकोे आयोजकले जनाएको छ ।

साथै फेस्टिभलमा यूथ क्रियशन थिएटरले निमार्ण गरेको नाटक ‘भट्टीका सपना’ मञ्चन हुनेछ भने १ सय ७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुती, दिपकराज गिरी, दिपाश्री निरौलाको विशेष प्रस्तुती पनि आकर्षकको रुपमा रहने भएको छ ।  फेस्टिभल सम्पन्न गर्न ८० लाख रुपैया खर्च अनुमान गरिएको छ भने एक करोड रुपैया आम्दानीको अपेक्षा गरिएको छ ।