August 21, 2017

पेस्तोल सहित गोड पक्राउ

राम कुशवाहा /वीरगंज ३० चैत्र । पर्सा प्रहरीले गैरकानुनी हतियार सहित एक युवकलाई पक्राउ गरेको छ ।

बारा जिल्ला लिपनीमल ८ बस्ने प्रमोद गोड लाई गैरकानुनी नलकटुवा पेस्तौल र सोमा लाग्ने गोली ३ थान सहित घण्टाघर भन्दा ५ सय मिटर आर्मी व्यारकको पछाडीबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता चक्रराज जोशीले जानकारी दिए । गोड हतियार बोकेर के अपराध गर्ने साेचमा थिए भन्ने विषय भने नखुलेकाे प्रहरीले बताएकाे छ । हिजो विहान मात्र वीरगञ्जमा एकजना महिला माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेकाे थियो ।

अाज पक्राउ परेका गोड विगतकोमा पनि दुई पटक हात हतियार र खर खजाना मुद्धामा पक्राउ परि जेल सजाय काटेका व्यक्ति हुन । गोडलाई आवश्यक कार्यवाहीका लागी जिल्ला अदालतमा पठाईएको डिएसपी चक्रराज जोशीले बताए ।

स्थानिय निर्वाचन नजिकिदै जादा नेपाल सरकारको केन्द्रिय सुरक्षा निती अनुसार कारागारबाट छुटेका कुख्यात अपराधीहरुमाथी विषेश निगरानी राख्ने, फरार प्रतिवादीहरु पक्राउ गर्ने र त्यही सिलसिलामा जिल्लाका विभिन्न स्थानहरुमा चेकजाच गर्दा गोड माथी शंका लागी चेकजाच गर्दा हतियार फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।