पेनाल्टी सुटआउटमा सुदूरपश्चिमलाई हराउँदै सिएमजी संकटा क्लब फाइनलमा

काठमाण्डौ, ३० फाल्गुन । दोस्रो टुबोर्ग नेपालगन्ज फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा सिएमजी संकटा क्लबले सुदूरपश्चिम ११ लाई हराएकाे छ ।

निर्धारित समयको ९० मिनेटमा दुबै टिमले एक एक गोल गरेपछि पेनाल्टी सुटआउटबाट ६ —४ गोलले सिएमजी संकटा क्लब विजयी भएको हो ।

भोली दोस्रो सेमिफाइनल नेपाल पुलीस क्लब र रुपेन्देही ११ बीच हुनेछ ।फागुन २६ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मर्स्याङ्दी क्लब , नेपाल पुलिस क्लब , दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदूर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको नेपाल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

गत वर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।