August 19, 2017

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउन नसकिने

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउन नसकिने

काठमाण्डौ, ७ चैत्र । आपूर्ति मन्त्रालयले तत्काल पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउन नसकिने बताएको छ ।

व्यवस्थापिका संसद अन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उपसमिति बैठकमा समितिका सदस्यहरुले खाना पकाउने ग्यासको मूल्य बढाउदा सवसाधारण मर्कामा परेको आवाज उठाएपछि आपूर्ति मन्त्रालयले तत्काल मूलय घटाउन नसकिने जनाएको हो ।

बैठकमा आपूर्ति सचिव प्रेमकुमार राईले मुल्य समायाेजनका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले अहिलेको अबस्थामा सडक सुधार खर्च, पूर्वाधार शुल्क र प्रदुषण नियन्त्रण वापत लाग्ने करिव ११ अर्ब रुपैया मन्त्रालयले निकासा गरेमात्रै पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घटाउन सकिने बताए ।

भन्सार दस्तुर वापतको रुकममा छुट दिन नसकिने अर्थको निर्णयले पनि इन्धनको मूल्य घटाउन नदिएको उनले बताए । बैठकमा साल्ट ट्रेडिङको जग्गा बिबादका बिषयमा पनि छलफल भएको थियो ।