October 17, 2017

ट्रम्पको भनाइप्रति समर्थन जनाएपछि पूर्व पाकिस्तानी क्रिकेटरले चौतर्फि बिरोध

२५ माघ, काठमाण्डौ (एजेन्सी) । आप्रवासी नागरिकलाई भिसामा कडाइ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति पूर्व पाकिस्तानी क्रिकेटर इमरान खानले समर्थन जनाएका छन् ।

उनले भने अमेरिकाको पाकिस्तानमाथिको पछिल्लो अभिव्यक्ति सही हो । कराँचीमा एक समारोहलाई सम्बोधन गर्दै इमरानले भने, ‘ट्रम्पको त्यो निर्णय लागुभए हाम्रा युवा बिदेसिँदैनन् यहाँ नै श्रम गर्न बाध्य हुन्छन् ।’

प्रतिवर्ष हजारौँ पाकिस्तानी नागरिक अमेरिकामा अध्ययन गर्ने सिलसिलमा जाने गर्छन । यसले राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर गरेको इमरानको विश्लेषण छ ।

इमरानले भने पाकिस्तानी युवाहरू अध्ययनका लागि अमेरिका मात्र गइरहेका छैनन् उनीहरूसँगै हाम्रो रुपैयाँ पनि अमेरिकामा गइरहेको छ, यसले पाकिस्तानको आर्थिक पक्षमा गम्भीर असर गरेको छ ।’ इमरानले भने, ‘जब अमेरिका नै जान पाउँदैन भने युवा विद्यार्थीहरु यहीँ नै पढ्न बाध्य हुन्छन् र शिक्षा क्षेत्रको लगानी पनि घरमै सीमित रहन्छ ।’
सन् १९९२ मा पाकिस्तानलाई एकदिवसीय विश्वकप उपाधि दिलाएपछि प्राप्त भएको रुपौयाँबाट इमरानले आफ्नी आमाका नाममा क्यान्सर अस्पताल खोलेका थिए ।

अध्ययन र रोजगारीका लागि अमेरिका वा अन्य मुलुकमा जाँदा पाकिस्तानी नागरिकहरूले मनग्य खर्च गर्ने गर्दछन् । यदि उनीहरू यहीँ सीमित भए, त्यो बाहिरिने पैसाले प्रत्येक वर्ष पाकिस्तानमा एक अस्पताल बन्छ यसकारण मैले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णय समर्थन गरेको हुँ ।

इमरानले यस्तो विवादास्पद अभिव्याक्ति दिएपछि पाकिस्तानका विभिन्न सहरमा उनको विरोध भएको छ ।