October 18, 2017

बजेटपछि मात्रै सत्ता हस्तान्तरण : बर्षमान पुन

रुपन्देही, २५ चैत्र । पूर्व अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बर्तमान सरकारले नै बजेट ल्याउने बताए ।
नेता पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताए ।
आज बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्ने वताए ।
उनले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी अन्तिम अबस्थामा पुगेको बताए ।
उनले भने ,“अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’’
मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संबिधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने बताए ।