August 19, 2017

पूर्व अधिराजकुमारी प्रेरणा नर्भिकमा भर्ना

काठमाण्डौ, २७ चैत्र । पूर्व श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतलामा भर्ना गरिएको छ ।

उनलाई सेरिब्रल भेनस साइनस् थम्बोसिस भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पलताका स्नायु रोग विशेषज्ञ डा. पंकज जलान तथा पूर्व श्री ५ अधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोर जङ्ग राणा उनको उपचार गरिरहेका छन् ।

हाल उनको स्वास्थ्य स्थिर रहेको अस्पताल स्रोतले बताएको छ । उनलाई गत शुक्रबार नर्भिक इन्टनेशनल हस्पिटलमा भर्ना गरिएको थियो ।